logo-img

सेनामा नेतृत्व परिवर्तन भएसँगै राष्ट्रसंघको सैनिक सल्लाहकारमा उम्मेदवारी

संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार ‘मिलिटरी एडभाइजर’ मा नेपालले उम्मेदवारी दिएको छ । हालै नेपाली सेनामा नेतृत्व परिवर्तन भएसँगै मिलिटरी एडभाइजरमा उपरथी प्रेमध्वज अधिकारीलाई उम्मेदवार बनाएर पठाइएको हो । 

नयाँ प्रधानसेनापति अशोकराज सिग्देलले कार्यभार सम्हालेको केही दिनमै उक्त पदमा उम्मेदवार पठाएका हुन् । राष्ट्रसंघले आग्रह गर्दा पनि यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाबाट कुनै पनि उम्मेदवार पठाएका थिएनन् ।  जसले गर्दा नेपाली सेना भित्र असन्तुष्टिसमेत थियो । 

नेपालले न्युयोर्कस्थित राष्ट्रसंघको लागि स्थायी नियोगमार्फत राष्ट्रसंघको मुख्यालयमा उम्मेदवारी पठाएको हो । नेपाललाई आवेदनका लागि राष्ट्रसंघले आग्रह गरेको सैनिक सल्लाहकार पद अवसरका हिसाबले अहिलेसम्मकै ठूलो हो ।

सरकारले उपरथी अधिकारीलाई राष्ट्रसंघमा रथीको हैसियतमा उम्मेदवार बनाएर पठाएको छ । उनी उक्त पदमा प्रतिस्पर्धा गर्दा र सल्लाहकारमा चयन भएमा रथीकै हैसियतमा काम गर्ने छन् । तर चयन नभएमा भने उनी नेपालमा उपरथी पदकै हैसियतमा रहने छन् ।







  • प्रकाशित मिति : असोज ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया