रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रचण्डको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आएको भन्दै फेरि एकपटक नेतृत्व गर्दिनका लागि आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई फेरि दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउन नेतृत्व गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘म युद्धविरोधी मानिस हुँ, तर मिलाउनुहोस्, प्रचण्डको नेतृत्वमा संविधान बन्यो । फेरि एकपटक नेतृत्व गर्दिनुहोस् म अनुरोध गर्न चाहन्छु । तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस् ।
उनले संविधान संशोधन गरेका देशहरू नै धेरै समय टिक्ने कारण संशोधनबाट डराउनु नपर्ने भन्दै बरु समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए ।
उनले सरकारले संविधान संशोधनको मुद्दा अघि सारे पनि नियतमा प्रश्न उठेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।