logo-img

‘गाउँ पर्यटन’को अवधारणा लिएर योजना आयोग जाँदा हाकिमले झपारे : डा. सुरेन्द्रभक्त प्रधानांग

पछिल्लो समय गाउँ पर्यटनको महत्व बढ्दै गएको छ । सहरी वातावरणबाट उन्मुक्ति प्राप्त गर्ने उद्देश्यले विदेशी मात्र होइन, स्वदेशी पर्यटक पनि खोजी–खोजी गाउँ घुम्न थालेका छन् । जसले रोजगारी तथा आन्तरिक उत्पादनले बजार पाएका छन् । जसबाट गाउँ–गाउँको विकास हुन थालेका छन् । उदाहरणका रूपमा कास्कीको घान्द्रुङ, लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, स्याङ्जाको सिरुबारी र तनहुँको बन्दीपुरलगायतलाई लिन सकिन्छ । 

यसरी यी सुन्दर गाउँहरूमा पर्यटक भित्र्याउनु भनेको आय आर्जन बढाउनु हो । नेपालका गाउँ–गाउँले आय आर्जन गर्नु भनेको गाउँहरूको विकास हुनु हो र गाउँहरूको विकास हुनु भनेको समग्र देशको विकास हुनु हो । तर, अझै पनि जति ‘गाउँ पर्यटन’ले फड्को मार्नुपर्ने थियो, त्यो हुन सकेको छैन । नेपालका प्रायः गाउँहरू फरक–फरक चालचलन, रीतिरिवाज, धर्म संस्कृति, वेशभूषा, भाषा, चाडपर्वहरू छन् । ती सबै मौलिक प्रकृतिका छन् । यसरी हरेक गाउँको आफ्नै महत्त्व र विशेष पहिचान छ । 

हामीले गाउँ पर्यटनमा अझ धेरै जोड दिनुपर्ने बताउँछन्, गाउँ पर्यटन परिकल्पनाकार डा. सुरेन्द्रभक्त प्रधानांग । गाउँको सरसफाइ, हिँड्ने बाटो, बस्ने ठाउँ, घर वरपर, कोठा, सुत्ने बेड, ट्वाइलेट, प्रयोग गर्ने भाँडालगायत कुरामा ध्यान दिने हो भने नेपालले गाउँ पर्यटनबाट ठूलो लाभ लिन सक्ने उनी बताउँछन् । ‘गाउँ पर्यटन पवद्र्धनका लागि ठूलो लगानी र खर्चको आवश्यकता पर्दैन,’ उनी भन्छन्, ‘त्यसैले गाउँ पर्यटनको अवधारणको विकास भएको हो । गाउँ पर्यटनको अवधारण नै थोरै लगानी लगाएर धेरै प्रतिफल प्राप्त गर्नु हो । थोरै लगानीबाट नै गाउँमा धेरै पर्यटक भित्राउन सकिन्छ । राज्यको इच्छाशक्ति र पर्यटन प्रवर्द्धनको योजना र कार्यक्रम मात्र भए पुग्छ ।’

पछिल्लो समय विदेशी तथा स्वदेशी महँगा र ठूला होटलमा बसेर भन्दा पनि गाउँको सानो घरमा बसेर आनन्द लिइरहेका हुन्छन् । गाउँ पर्यटनमा विशेष गरेर स्थान र परिवेशअनुसार पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने उनको तर्क छ । गाउँहरूको विकासविना देश विकासको सम्भव नभएको भन्दै उनले देशको विकासका लागि पनि गाउँको विकास गर्न आवश्यक रहेको बताए । 



गाउँ पर्यटनको अवधारणा विकास गर्ने नै उनी हुन् । तर, गाउँ पर्यटनको बीउ रोप्न डा. प्रधानांगलाई धेरै समय लाग्यो । सुरु–सुरुमा गाउँ पर्यटनको अवधारणा सुनाउँदा कसैले पत्याएन । पत्याउनु पनि कसरी ? बिजुली, सडक, टेलिफोन केही नपुगेको अनकन्टार गाउँलाई पर्यटन केन्द्र बनाउने कुरा । यतिसम्म कि गाउँ पर्यटनको योजना सुनाउँदा धेरैले योजना नै च्यातेर फ्यालिदिए । 

आज भन्दा ४७ वर्षअघि अर्थात् ०३४ सालको कुरा हो– यो । उनले राष्ट्रिय विकास सेवा विषयमा त्रिभुवन विश्व विद्यालयमा स्नातकोत्तर गर्दै थिए । १० महिना गाउँमा गएर प्राक्टिकल गर्नुपर्ने हुन्थ्यो । सोही सिलसिलामा गोलाप्रथाबाट छानिँदा सुर्खेत दशरथपुर गाउँ पर्यो । 



काठमाडौंजस्तो ठाउँमा हुर्केका डा. प्रधानांगलाई दशरथपुर गाउँमा भिज्न महिनौँ लाग्यो । पहिलोपटक गाउँ देखेका उनी १० महिना दशरथपुर गाउँ बसेर ‘गाउँ पर्यटन’को अवधारणा लिएर काठमाडौं फर्किए । राष्ट्रिय योजना आयोगमा ‘गाउँ पर्यटन’को भिजन लिएर जाँदा त्यहाँका हाकिमले गरेको नमिठो  व्यवहारको घटना उनको स्मृतमिा ताजै छ । बाँकी उनकै शब्दमा सुनौँ :



  • प्रकाशित मिति : असोज ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया