प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटहरूमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले नेपालको उक्त देशहरूबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
यस्तै प्रधानसेनापति सिग्देलले आजै नेपालका लागि फ्रान्सका राजदूत सुश्री भर्जिनी कर्टेभलसँग पनि भेट गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।