झोलुंगे पुल बोकेर सरकार खोलाखोलामा पुगेको छ : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले झोलुंगे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताएकी छिन् । शुक्रबार सरकारका तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलावासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको छ । जनताको हरेक पीडामा सरकारले साथ दिएको छ ।’
त्यस्तै, राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षभित्र पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम सुरु हुने बताएकी छिन् । पूर्व–पश्चिम रेलमार्गको डिपिआर तयार भइसकेकाले आगामी वर्षभित्र आयोजना निर्माण सुरु हुने उनले बताइन् । 

राष्ट्रपति भण्डारीले सरकारले प्रशंसा गर्दै जनताको हरेक सुखदुःखमा सरकार रहेको बताइन् । उनले सरकारका पछिल्ला कामकारबाहीले गर्दा हामी विकास गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको समेत दाबी गरिन् । आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षका लागि तय भएको नीति तथा कार्यक्रम सफल रूपमा कार्यान्वयन भएको दाबी गरिएको छ । 

‘हामीले विकासको आधारका रूपमा नीतिगत समस्या टुंग्याएका छौँ,’ सरकारले आफ्नो नीति तथा कार्यक्रममा भनेको छ, ‘समृद्ध नेपालः सुखी नेपाली’को आधार तयार पार्यो । यस अर्थमा मेरोे सरकारले काम गर्दै छ, नतिजा ल्याउँदै छ ।’





  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार १७:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया