सरकारको नारा : बारीका पाटा र खेतका गरा, सबै हराभरा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा ‘बारीका पाटा र खेतका गरा, सबै हराभरा’ नारासहित खेतीयोग्य जमिन उच्चतम प्रयोग गर्ने घोषणा गरेको छ । शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।   

सिँचाइ सुविधा पुर्याउन थोपा सिँचाइ समेत सञ्चालन गर्ने बताउँदै राष्ट्रपति भण्डारीले जग्गाको वर्गीकरण गरी चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र मदन भण्डारी राजमार्गको निर्माण कार्यक्रमलाई समेत निरन्तरता दिने सरकारको योजना रहेको बताइन् ।

त्यस्तै, आगामी आर्थिक वर्षलाई ‘वृक्षारोपण वर्ष’का रूपमा मनाउने र क्षेत्रअनुसारको फलफूल र अन्य वनस्पति रोप्ने वर्षका रूपमा मनाउने सरकारको घोषणा छ । 
त्यस्तै राष्ट्रपति  भण्डारीले आउँदो आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुने पनि बताएकी छिन् । राष्ट्रपति भण्डारीले सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने सकारको तयारी भएको बताइन् ।

राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताएकी छन् । सरकारले विकासको मूल नारालाई अगाडि बढाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ ।’

चीनको राजकीय भ्रमणले चीनसँगको सम्बन्ध सुमधुर भएको दाबी गर्दै राष्ट्रपति भण्डारीले यो भ्रमणले चीनका समुद्री र सुख्खा बन्दरगाह प्रयोग गर्दै व्यापार गर्ने बाटो खुलेको उल्लेख गरिन् । 

सरकारले अघि सारेको स्वास्थ्य बिमाअन्तर्गत १६ लाख नेपालीले बिमा गरिसकेको राष्ट्रपतिको भनाइ छ । पछिल्लो वर्ष प्रमुख खाद्यान्न बालीको उत्पादनमा १० प्रतिशत वृद्धि भएको उनको दाबी छ । 



सरकारको पहल र योजनाअनुसार नै भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालन गर्ने सरकारको कार्यक्रम छ । भूकम्पपछि बन्द तातोपानी नाका र सुक्खा बन्दरगाह यसै वर्ष सञ्चालनमा आउने निश्चित भएको पनि राष्ट्रपति भण्डारी जानकारी गराइन् ।



  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार १७:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया