विवाह नगरी छुट्टिए इनगेजमेन्ट गरिसकेका प्रियंकाका भाइ सिद्धार्थको जोडी

एजेन्सी– केही दिनअघि बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो भाइ सिद्धार्थको विवाहका लागि अमेरिकाबाट भारत आएकी थिइन् । तर, उनकी हुनेवाला बुहारीको स्वास्थ्यमा समस्या आएपछि यो विवाह रोकिएको छ । रोकिएको मात्र होइन, अब त बलिउडका पत्रिकाहरुले उनीहरु एकसाथ पनि नभएको बताएका छन् । सिद्धार्थल इशिता कुमारसँग विवाह गर्दै थिए ।

मुम्बई मिररमा छापिएको एक रिपोर्ट अनुसार इशिताले सिद्धार्थसँग भएका फोटोहरु पनि आफ्नो इन्स्टाग्रामबाट हटाएकी छिन् । त्यति मात्र होइन, प्रियंका र सिद्धार्थले पनि इशितालाई इन्स्टाग्राममा अनफलो गरेका छन् । त्यसो त आफ्नो इन्स्टाग्राममा अपलोड गरेको फोटोमा इशिताले लेखेकी पनि छिन्– नयाँ सुरुवातलाई चियर्स । 

इशिताको यो फोटोमा उनकी आमाले पनि कमेन्ट गरेकी छिन् । उनले लेखेकी छिन्– पुरानो किताब बन्द गर र नयाँ लेख । उनका बाबुले कमेन्ट गर्दै आफूहरु इशिताको साथमा भएको बताएका छन् । इशिता र सिद्धार्थको इनगेजमेन्ट गत फ्रेबुअरीमा भएको थियो । उनले इनगेजमेन्टका तस्वीर आफ्नो इन्स्टाग्रामबाट हटाएकी छिन् । 





  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार २०:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया