logo-img

देश हाँक्ने जिम्मेवारी आए सफलतापूर्वक निर्वाह गर्छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा देश हाँक्ने जिम्मेवारी सफलतापूर्वक निभाएको र आउने दिनमा पनि त्यो अवसर कांग्रेस र आफ्नो काँधमा आए निभाउने बताएका छन्।

बुधबार वीरगन्जमा आयोजित कार्यक्रममा उनले देश हाँक्ने जिम्मेवारी फेरि कांग्रेसको काँधमा आए आफूले सफलतापूर्वक निर्वाह गर्ने बताएका हुन्।

राणा र पञ्चायतविरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्ष पर्साको वीरगन्जबाटै सुरु भएको स्मरण गर्दै देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेको बताए। 'देशको अर्थतन्त्र धान्नमा पनि पर्साकै योगदान रहेकाे उनले बताए । 

पर्सामा कांग्रेसका महान् सपुतद्वय स्वर्गीय आत्माराम ओझा र दुखा सहनीको नाममा पार्टी कार्यालय भवन निर्माण गरेकोमा पर्साको कांग्रेस नेतृत्वलाई उनले धन्यवाद पनि दिए।







  • प्रकाशित मिति : असोज ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया