आइतबारसम्म देशका केही नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अनुरोध गरेको हो ।
महाशाखाका अनुसार शुक्रबार र शनिबार केही नदीमा बाढीको जोखिम उच्चदेखि अति उच्चसम्म हुनेछ । यस्तै, कन्काई, कमला नदी र वाग्मती नदीमा बाढीको उच्च जोखिम छ ।
शनिबार नारायणी, बागमती, पश्चिम राप्ती र बबई नदीमा अति उच्च जोखिम रहेको छ । महाशाखाका अनुसार आइतबार भने यी नदीमा पानीको बहाव घट्दै जानेछ ।
आज देशका धेरै स्थानमा बिहानैदेखि झरी परिरहेको छ । शनिबारदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।