चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरूले विभिन्न अफरहरू सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ ।
साउन र भदौमा भित्रिएका मोबाइल दसैँ तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ । गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन् ।
गत वर्षको तुलनामा यस वर्ष दशैलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा बढी मोबाइल भित्रिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।