सर्वोच्च अदालतले २ सय ४२ जना कर्मचारीको सरुवा गरेको छ । १ सय ९२ जना नायब सुब्बा (नासु)सहित २ सय ४२ कर्मचारीको सरुवा गरिएकाे हाे ।
सर्वोच्चले कम्प्युटर अपरेटर, पुस्तकालय सहायक, डिट्ठा, सर्वेक्षक, तामेलदारलगायत कर्मचारीको सरुवा गरेको हो ।
जसअनुसार सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रवीन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएकाे छ ।
सर्वोच्चमा दरबन्दी रहेर काठमाडौं जिल्ला अदालतमा काजमा रहेका युवराज पन्थीको दरबन्दी काठमाडौंमै कायम गरिएको छ ।
विशेष अदालतका नायब सुब्बा खिलाराज काफ्लेको पनि काठमाडौं जिल्ला अदालतमै सरुवा भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।