logo-img

उद्दारका लागि देशभर २० हजार सुरक्षाकर्मी परिचालन

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्दारका लागि देशभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएकाे छ ।

विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरूको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजारभन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।



जसमध्ये काठमाडाैं उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।

त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ  भने राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलनमा सक्रिय छ ।



गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिएका छन् ।



यसअघि गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि परेको बताए थिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए ।

  • प्रकाशित मिति : असोज १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया