उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो । विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ । अझै असोजसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान छ ।
काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो । बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो ।
जसका कारण नदी किनार छेउका बस्तीहरू डुबानमा परे । अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन । बाढीपछि काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीको हेर्नुहोस् बिजोग :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।