न्युजिल्यान्डकी प्रधानमन्त्रीले गरिन् इन्गेजमेन्ट

एजेन्सी– न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्दा अर्डनले आफू लिभ इन रिलेसनमा रहेका पार्टनर क्लार्क गेफोर्डसँग इन्गेजमेन्ट गरेकी छिन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले यो कुराको पुष्टि गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख छ । 

यसअघि शुक्रबार एक सार्वजनिक कार्यक्रममा जेसिन्दाको बायाँ हातको औंलामा हिराको औंठी देखेपछि उनले इन्गेजमेन्ट गरेको हुनसक्ने अनुमान गरिएको थियो । एक इन्टर्न पत्रकारले यसबारे थाहा पाएपछि उनले प्रधानमन्त्री कार्यालयमा सोधेका थिए । त्यसपछि जेसिन्दाले इस्टरको समयमा नै इन्गेजमेन्ट गरेको खुलेको हो ।

जेसिन्दाका हुनेवाला श्रीमान् एक टिभी प्रस्तोता हुन् । यी दुई लामो समय देखि सम्बनधमा थिए । उनीहरुले विवाह गरेका छैनन् तर एक छोरी जन्माएका छन् । जेसिन्दा प्रधानमन्त्री भएपछि नै उनीहरुको छोरी जन्मिएकी हुन् । 

विवाहबारे यो समाचार आएपछि जेसिन्दाले भनेकी छिन्, ‘म अत्यन्त भाग्यमानी रहेछु र म खुसी पनि छु । मसँग एउटा यस्ता साथी छन् जसले मसँग एउटा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्छन् ।’





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १०:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया