आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यू–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २० खेलाडी छनोट गरेको छ ।
संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनीषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।
त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्णा विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर छन् ।
विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी २१ कात्तिकमा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।
त्यसैगरी नेपालले दोस्रो खेल २२ कात्तिकमा कुवेत, २४ कात्तिकमा यूएई तथा २५ कात्तिकमा थाइल्याण्ड तथा २७ कात्तिकमा कुवेतसँग खेल्ने तालिका छ । नेपालले अन्तिम खेलमा २८ कात्तिकमा यूएईको सामना गर्नेछ ।
चार टोली सहभागी रहने उक्त छनोटमा शीर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।
दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडी :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।