कराची– पाकिस्तानको कराचीमा एक डाक्टरले प्रदूषित सुई प्रयोग गरी इन्जेक्सन दिँदा ६५ बालबालिकासहित ९० जनालाई एचआइभी संक्रमण भएको छ । सरकारी अधिकारीहरुले शुक्रबार यसको पुष्टि गरेका छन् ।
जाँचबुझ टोलीले आरोपी डाक्टरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुरुवाती जाँचमा उक्त डाक्टर स्वयं एचआइभी संक्रमित भएको आशंका गरिएको छ ।
गत साता सहरको बाहिरी भागमा १८ बालबालिकामा एचआइभीको संक्रमण पाइएको सूचना प्रशासनलाई मिलेको थियो । यसपछि प्रशासनले सो क्षेत्रमा भारी मात्रामा स्वास्थ्यपरीक्षण गराएको थियो । फलस्वरुप, उक्त डाक्टरको करतुत बाहिर आयो ।
संक्रमित बालबालिकाका परिवारका अन्य सदस्यको स्वास्थ्यपरीक्षण गर्दा कसैमा पनि संक्रमण देखिको छैन । यो घटना बाहिर आएसँगै कराची र आसपासका क्षेत्रमा व्यापक स्तरमा स्वास्थ्यपरीक्षण र जागरण अभियान चलाइएको छ ।
पाकिस्तानमा एचआइभी/एड्सको समस्या तुलनात्मक रुपमा कम छ । एचआइभी भएकामध्ये अधिकांश लागुऔषध प्रयोगकर्ता, सेक्स वर्कर र खाडी मुलुकबाट फर्केकाहरु छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।