छोरी भर्ना गराउन ७२ करोड घुस !
 

वासिंगटन– चिनियाँ अर्बपति झाओ ताओले छोरी युसी झाओलाई अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना दिलाउन कन्सल्टेन्टलाई ७२ करोड बुझाएको खुलेको छ । ताओ सेनडोङ बुचंग फर्मास्युटिकल कम्पनीका अध्यक्ष हुन् । 

युसीकी आमाले अमेरिकी कलेज कन्सल्टेन्ट विलियम रिक सिंगरले झुट बोलेर आफूसँग पैसा लिएको बताएकी छिन् । ‘कन्सल्टेन्टले हामीलाई बताएका थिए कि हामी विश्वविद्यालयलाई डोनेसन दिँदै छौँ, जुन गरिब छात्रछात्रालाई छात्रवृत्ति दिन प्रयोग हुनेछ,’ आफ्नो वकिलमार्फत उनले भनेकी छिन् । 

अमेरिकाको भर्नासम्बन्धी सबैभन्दा ठूलो यो घोटालाको गत मार्चमा खुलासा भएको थियो । कन्सल्टेन्ट सिंगर यस घोटलाका मुख्य आरोपी हुन् । सिंगर र उनका केही सहयोगी धोकेबाजी र जालसाँजीको मुद्दामा दोषी ठहर भइसकेका छन् । अदालतले यसै महिना उनीहरुमाथि सजाय तोक्नेछ । 

सिंगरले अभिभावकले चाहेको कलेजमा छोराछोरी भर्ना गर्न उनीहरुसँग ठूलो राशि लिँदै आएका थिए । उनी डोनेसनको रकम कलेज स्टाफका लागि सेवासुविधा, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, र खेलकुदका कार्यक्रममा खर्च हुने भन्दै अभिभावकलाई विश्वासमा पारेर पैसा असुल्थे । 

अमेरिकी एजेन्सी एफबिआईले यस मामलामा ५० जनालाई गिरफ्तार गरेको छ, जसमा ३३ जना घुस दिने विद्यार्थीका आफन्त छन् । तर, झाओ परिवारमाथि भने कुनै अभियोग लागेको छैन । यद्यपि, रिपोर्टअनुसार डोनेसनका नाममा सबैभन्दा मोटो रकम घुस दिने परिवार हो यो । 
 





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १४:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया