Thu, 27 Jun, 2019


बालिका बलात्कारको आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ
फरकधार / बैशाख २१, २०७६

काठमाडौं– १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कैलाली जिल्लामा एक ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । 



घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३  वर्षीय छोटेलाल डगौराले गत आइतवार साँझ स्थानीय १३ बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले डगौरालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्