कांग्रेसले संशोधन प्रस्ताव राख्ने : ‘मेरो सरकार’को साटो ‘नेपाल सरकार’

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई काल्पनिक निबन्धको संज्ञा दिएको छ । शनिबार बसेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रममा उल्लेलित ‘मेरो सरकार’ संशोधनका लागि सूचना दर्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेस सांसदहरुले आपत्ति जनाएका थिए । उनीहरूले केही बुँदामा आपत्ति जनाउँदै संशोधनका लागि प्रस्ताव गरेका थिए । 

कांग्रेसले नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २ सय १५ सम्म विभिन्न बुँदामा उल्लेखित ‘मेरो सरकार’ साटो ‘नेपाल सरकार’ उल्लेख गर्नुपर्ने भन्दै संशोधन प्रस्ताव गर्ने भएको हो । कांग्रेस सांसद डा. मीनेन्द्र रिजाल र प्रमुख सचेतक बालकृष्ण खाणले सभामुखलाई नीति तथा कार्यक्रम संशोधनका लागि सूचना पेस गर्ने भएका छन् ।

बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन खोजेको त होइन भन्ने आशंका उब्जिएको बताए । अघिल्लोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकार, यो सरकारले भन्ने गरेकोमा यसपटक मेरो सरकार भनेकोमा खाँणले आशंका व्यक्त गरे । 





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १६:६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया