आमिरको नयाँ फिल्म अर्को वर्षको क्रिसमसमा

एजेन्सी– आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’का निर्माताले यो फिल्मको रिलिज मिति घोषणा गरेका छन् । उनीहरुका अनुसार यो फिल्म अर्को वर्ष क्रिसमसमा रिलिज गरिनेछ । यो फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यसअघि चन्दनले आमिरको फिल्म सिक्रेट सुपरस्टार पनि निर्देशन गरेका थिए ।

यो फिल्ममा आफूले काम गर्न लागेको आमिरले आफ्नो ५४ औं जन्मदिनको अवसर पारेर गत मार्चमा गरेका थिए । फिल्ममा आमिर ‘स्लिम अवतार’मा देखिने र यसका लागि उनले २० किलो तौल घटाएको भारतीय मिडियाको रिपोर्टमा उल्लेख छ । आमिरको पछिल्लो फिल्म ठग्स अफ हिन्दोस्तान फ्लप भएपछि उनीमाथि दबाब बढेको भारतीय मिडियाले लेखेका छन् ।





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १७:१३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया