logo-img

फुटबल प्रशिक्षक हुमागाईंले प्राप्त गरे ‘फिफा-प्रो’ लाइसेन्स

प्रदीप हुमागाईले विश्व फुटबल फिफाअन्तर्गत प्रशिक्षकले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । योसँगै उनी उक्त लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । 

प्रदीपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो-लाइसेन्स प्राप्त गर्न सफल भएका हुन् । अमेरिकामा बसेर फुटबल प्रशिक्षणसँगै अध्ययनमा सक्रिय ४३ वर्षीय हुमागाईंले सन् २००९ बाट फुटबल प्रशिक्षकको रूपमा आफ्नो करियर सुरुवात गरेका थिए । 

१५ वर्षको लामो अध्ययन र विभिन्न क्लबमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बी’ र ‘ए’ क्याटोगोरीको लाइसेन्ससमेत प्राप्त गरेका थिए ।

सन् २००३ मा काठमाडौंमा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपालले ३–१ ले जित हात पारेको थियो ।

काठमाडौं विश्वविद्यालयमा महिला प्रशिक्षकको रूपमा सुरुवात गरेका हुमागाईंले नेपाली ‘ए’ डिभिजनको क्लब थ्रीस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायत टोलीलाई प्रशिक्षण दिएको अनुभव बटुलिसकेका छन् ।  





  • प्रकाशित मिति : असोज २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया