logo-img

हङकङ क्रिकेट सिक्सेसमा नेपालले अस्ट्रेलिया र इंग्ल्याण्डसँग खेल्ने
फाइल तस्बिर

आउँदो महिना अर्थात् डिसेम्बरमा आयोजना हुन लागेको द हङकङ क्रिकेट सिक्सेसको १९औँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ । बुधबार सार्वजनिक तालिकाअनुसार नेपाल इंग्ल्याण्ड र अस्ट्रेलिया रहेको समूह ‘बी’ मा परेको  छ। 

 जसअनुसार नेपालले कात्तिक १६ मा इङ्ल्याण्ड र कात्तिक १७ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा १२ देशको सहभागिता रहने छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र हङकङ, समूह ‘बी’ मा नेपाल, अस्ट्रेलिया र इंग्ल्याण्ड, समूह ‘सी’ मा भारत, पाकिस्तान र यूएई तथा समूह ‘डी’ मा श्रीलंका, बंगलादेश र ओमान रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलको यात्रा गर्ने छन् । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका च्याम्पियन बनेको थियो । त्यसपछि भने यो प्रतियोगिताको आयोजना हुन सकेको थिएन । 

के हो हङकङ क्रिकेट सिक्सेस ?

यो प्रतियोगिता पाँच ओभरको हुन्छ । अर्थात् एक टिमले एउटा खेलमा ५ ओभर मात्र ब्याटिङ गर्न पाउँछन् । यस्तै, यस प्रतियोगितामा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउने नियम छ ।



प्रतियोगिताको फाइनलमा भने आठ बलको एक ओभर हुनेछ । एक टोलीमा ६ खेलाडी राख्न पाउने व्यवस्था छ । ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनुपर्ने छ । तर, आवश्यकता परे उनी पुनः ब्याटिङका लागि आउन सक्छन् ।

यस्तै, प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ । यो प्रतियोगिताका लागि नेपालले आफ्नो ‘ए’ टिम पठाउने सम्भावना छ ।



हङकङ क्रिकेट सिक्सेस भइरहेको बेला नेपाली टिमले अमेरिकामा आइसिसी विश्वकप लिग–२ सिरिज खेल्ने तालिका छ । लिग–२ जस्तो महत्वपूर्ण प्रतियोगिता छाडेर क्यानले सिनियर खेलाडीलाई हङकङ पठाउने सम्भावना न्यून छ । 

  • प्रकाशित मिति : असोज २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया