प्रदेश ५ को नाम लुम्बिनी, राजधानीमा कुरा मिलेन

प्रदेश ५ को नाम र राजधानीका विषयमा सुझाब संकलनका लागि प्रदेशसभाले गठन गरेको उपसमितिले प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस गरेको छ । उपसमितिले १२ जिल्लामा पुगेर संकलन गरेको सुझाबका आधारमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिस गरेको हो ।  

सुझाब संकलनका क्रममा लुम्बिनी, बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायत नाम आएका थिए । ती सबै नामलाई सूचीमा राखिए पनि  ‘लुम्बिनी’ राख्ने विषयमा अधिकांश एकमत रहेको स्रोतको दाबी छ ।  दुईजना सांसदबाहेकले लुम्बिनीको पक्षमा मत राखेका छन् । 

राजधानीको विषयमा भने टुंगो लाग्न अझै केही दिन लाग्ने भएको छ । उपसमितिको प्रतिवेदनमाथि मूल समितिले विज्ञहरुसँग छलफल गरेपछि मात्रै राजधानीको विषय टुंगो लाग्नेछ ।  

प्रतिवेदनमा प्रदेशको स्थायी राजधानी चर्चामा रहेका रुपन्देही र दाङलाई सिफारिस गरिएको छ । सुझाब संकलनका क्रममा रुपन्देही र दाङमा राख्नुपर्छ भन्नेमा धेरैको मत रहेको बताइएको छ ।





  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार १५:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया