निरन्तर शनिबार सुनिए धर्मेन्द्र नेम्बाङ

काठमाडौं– कविता र विचार सुनाउने कार्यक्रम निरन्तर शनिबारमा यसपटक प्रयोगवादी कवि धर्मेन्द्र नेम्बाङले आफ्ना कविता सुनाए । उनले निरन्तर शनिबार सुरुवात गर्दाको प्रसङ्ग पनि कार्यक्रममा सम्झिए ।

राजनीतिकर्मीको साहित्यिक अभियानका रुपमा सुरु गरिएको निरन्तर शनिबारमा अरु कवि तथा लेखक पनि सामेल भएपछि निरन्तर शनिबार फराकिलो भएको उनले बताए । 

नेम्बाङले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि निरन्तर शनिबारको औचित्य भने समाप्त नभएको स्मरण गरे । आफूलाई भूपू कवि भन्न रुचाउने नेम्बाङ बिपी अध्ययन प्रतिष्ठानका अध्यक्ष पनि हुन् । केही दिनअघि मात्र उनको कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ सार्वजनिक भएको छ ।

कार्यक्रममा उनले इन्द्रेनी गाउँ, सोल्टिनीको नाउँमा र देब्रे हातको घडी किन त प्रिय सोल्टिनीलगायतका कविता पनि सुनाए । कार्यक्रममा मनोजमणि आचार्य र नेपाली लेखक सङ्घका महासचिव रत्नमणि नेपाल, इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, सुदर्शन शर्मा, सरोज राई, बच्चु हिमांशु, रामराजा तिमल्सिना, पदम दाहाल, सोझो गाउँले लगायतले रचना सुनाए । 





  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार १५:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया