कांग्रेसले देशभर ‘लोकतन्त्रका लागि कांग्रेस मेला’ गर्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले राष्ट्रिय जनजागरण कार्यक्रमलाई सफल पार्न र सहयोगका लागि प्रतिष्ठानका कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको बैठकले संघीय संसदमा रहेका पार्टीका सांसदहरुका लागि संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । 

देशका सातै प्रदेशमा कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । त्यसैगरी, सातै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र काठमाडौंमा कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पार्टीका भ्रातृ एवं शुभेच्छुक संघसंस्था एवं विदेशस्थित जनसम्पर्क समितिमा आबद्धहरुलाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ देखि १८ वर्षका विद्यार्थीका लागि र १९ वर्षदेखि २८ वर्षसम्मका उमेर समूहका लागि विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।

यसैगरी, संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरमा ंलोकतन्त्रका लागि ‘कांग्रेस मेला’ आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । 





  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार १६:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया