६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

रविलाई विष्णु रिजालको जवाफ : सरकार मरेको होइन, सक्रिय भएको हो
फाइल तस्बिर

सत्तारुढ दल नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘सरकार मरेको नभइ सक्रिय भएको’ भन्दै जवाफ फर्काएका छन् । 

शुक्रबार कास्की जिल्ला अदालतले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामिछानेले ‘सरकार मर्यो, हामीलाई जुठो मर्‍यो’ भनेपछि रिजालले जवाफ फर्काएका हुन् ।



‘रवि लीमिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ ? कानुनलाई सघाउनुस्, ६५ करोडबारे जवाफ दिनुस्, अदालतले न्याय दिइहाल्छ नि !,’ रिजालले ट्विटरमा लेखेका छन् ।  

यो पनि : पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया : सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो





  • प्रकाशित मिति : २ कात्तिक, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया