कांग्रेस महाधिवेशन तत्काल गर्न पौडेलको दबाब

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । नेपाली कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनको अधिवेशन गराउनुपर्ने उनको तर्क छ ।  

वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली कांग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान सञ्चालन गर्नुको विकल्प नरहेको पनि बताए । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । 

सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको वरिष्ठ नेता पौडेलले त्यसको प्रतिकारका लागि कांग्रस बलियो बनाउनुपर्ने बताए । उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । सरकारको नीति तथा कार्यक्रममा विकास र समृद्धिको ठोस कार्यक्रम नरहेको उनको दाबी थियो ।  





  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार १६:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया