‘प्रचण्ड’ले भने : अझै जंगल जान तयार छु

काठमाडौं– पूर्वप्रधानमनत्ती एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अझै जंगल जान तयार रहेको बताएका छन् । आफूले नेपाली कम्युनिस्ट आन्दोलनलाई उत्कर्षमा लैजान चाहेको त्यसका लागि जंगल जान पनि तयार रहेको बताएका हुन् । 

२०१औँ कार्ल मार्क्स जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलन क्लाइमेक्समा पुर्याउने इच्छा छ । त्यसका लागि जंगल जान पनि तयार छु ।’

मुलुकलाई समाजवादी आन्दोलनमा पुर्याउन चाहेको बताउँदै उनले नेपाली कम्युनिस्ट आन्दोलनमा गुणात्मक वृद्धि भइसकेकाले कार्यकर्ताले साथ दिए आफूमा अझै त्यो हिम्मत र साहस रहेको उनले बताए ।





  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार १७:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया