भारतीय लाेकसभा निर्वाचन : सोनियाँ, राहुल, राजनाथ, स्मृतिको क्षेत्रमा आज मतदान

नयाँ दिल्ली– सात चरणमा हुने भारतीय लोकसभा निर्वाचनअन्तर्गत पाँचौँ चरणको मतदान आज भइरहेको छ ।

आज ७ राज्यका ५१ निर्वाचन क्षेत्रमा मतदान हुँदै छ, जसमा जम्मु–कस्मिरका २, राजस्थानका १२, उत्तरप्रदेशका १४, बिहारका ५, पश्चिम बंगालका ७, झारखण्डका ४ र मध्यप्रदेशका ७ क्षेत्र छन् । 

आज मतदान हुने क्षेत्रमा ८ करोड ७५ लाख मतदाता छन् भने ६७४ प्रत्यासी चुनावी मैदानमा छन् । आजका प्रत्यासीमा युपिए अध्यक्ष सोनियाँ गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, मन्त्री स्मृति इरानीलगायत छन् । राहुल र स्मृति एकै क्षेत्रका प्रतिस्पर्धी हुन् । २०१४ को चुनावमा राहुलले स्मृतिलाई हराएका थिए । 

सन् २०१४ को निर्वाचनमा यी ५१ सिटमध्ये भजपाले ३९ सिट जितेको थियो भने कांग्रेसले २ सिटमा चित्त बुझाएको थियो । क्षेत्रीय दल तृणमूलले ७ सिट हात पारेको थियो । 
 





  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार ९:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया