कांग्रेस जागरण अभियानमा महिला वक्ता अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसले जागरण अभियानमा महिला सहभागितामा जोड दिएको छ । यसअघिको परिपत्र सच्याउँदै कांग्रेसले आसन र भाषणमा महिला सहभागी अनिवार्य गरेको छ ।  

सभापति शेरबहादुर देउवाले परिपत्र जारी गर्दै जागरण अभियानअन्तर्गतका हरेक कार्यक्रममा महिला वक्ता अनिवार्य गर्न निर्देशन दिएका छन् । यसअघि कांग्रेसकी महासमिति सदस्य निमा गिरीको नेतृत्वमा महिलाहरूको टोलीले परिपत्र सच्याउन माग गर्दै पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । 

कांग्रेसले यसअघि जागरण अभियान कार्यक्रमलाई छोटो र छरितो बनाउने गरी कार्यक्रम बनाएको थियो । तर, त्यसरी कार्यक्रम छोट्याउने नाममा देशभरि महिलाले मौका नै नपाउने अवस्था आउनल सक्ने भन्दै महिलाहरुले सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, नेतृ डिला संग्रौला, पुष्पा भुसाललगायतलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

नेपाली कांग्रेसले यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा एकमहिने जागरण अभियान सुरु गर्दै छ । यसअघि वैशाख ११ गतेबाट अभियान सुरु गर्ने तयारी गरे पनि कांग्रेस नेता एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनका कारण कार्यक्र पछि सारेको थियो ।   





  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार १४:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया