२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

गृहमन्त्री लेखक भन्छन्– धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ

गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी सम्बन्धी अनुसन्धान हुने बताएका छन् । बुधबार कास्कीको पोखरा पुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीहरूसँग कुरा गर्दै तथ्य र प्रमाण हेरेर गुरुङमाथि पनि अनुसन्धान बताएका हुन् ।

‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’



सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सोही प्रकरणमा मुछिएका कांग्रेस उपसभापति गुरुङलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठ्दै आएको छ ।





  • प्रकाशित मिति : १४ कात्तिक, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया