logo-img

साफ महिला च्याम्पियनसिप : पहिलो हाफ गोलरहित

साफ महिला  च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बंगलादेशसँग गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । नेपालले विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको पहिलो हाफको १० मिनेटमा नेपालकी अनुशा कार्कीले गरेको उत्कृष्ट प्रहार गोल पोस्टको माथिल्लो बारमा लागेर बाहिरियो । खेलको २४ औँ मिनेटमा बङ्गलादेशको प्रहार नेपालकी गोल किपर अञ्जली तुम्बापो सुब्बाले उत्कृष्ट बचाऊ गरिन् ।

त्यस्तै खेलको २९औँ मिनेट सावित्रा भण्डारी (साम्बा)ले दिएको सुन्दर पासलाई अमिशा कार्कीले गोल गर्नबाट चुकिन् ।

त्यसपछि खेलको ४१औँ मिनेटमा बंगलादेशले कर्नर पायो तर नेपाली खेलाडीले त्यसलाई विफल पारिदिए । उक्त कर्नर फाइनल खेलको पहिलो कर्नर हो ।





  • प्रकाशित मिति : कात्तिक १४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया