logo-img

यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

उमङ्ग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्त्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूलफुलाउने चलन छ । झिलिमिली बत्तीको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रूपमा मानिन्छ ।

हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइतथादिदीबहिनीको पूजा गरिन्छ । पूजा का क्रममा चाहिने सामाग्रीहरूको किनमेल र व्यापार पनि यसै समयमा चम्किने गर्छ । अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरू झैँ तिहारमा पनि अनेकौँ सामाग्रीहरूको प्रयोग गर्ने परम्परा छ । ती सामाग्रीहरूले सदैव तिहारको झल्को दिने गर्छ । तिहारमा प्रयोग हुने केही महत्त्वपूर्ण सामाग्रीहरूको बारेमा यहाँ चर्चा गरिएको छ । 

फूल र माला

तिहारका लागि अतिआवश्यक सामाग्रीमध्ये पर्छ फूल र माला । फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्त्व रहेको पाइन्छ । घर सजाउन देखि पूजा आराधना गर्न यी नै फूलको प्रयोग हुन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेलाफूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाईलाई फूलको माला पहिर्याउने प्रचलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भन्ने मान्यताअनुरूप भाइ टीकामा यसको माला लगाउने चलन छ । 

रातो माटो

तिहारमा रातो माटोको विशेष महत्त्व छ । लक्ष्मीपूजाका दिन रातो माटोको डोरो बनाई घरमा लक्ष्मी भित्राइन्छ । आँगन, तुलसाको मोठ अर्थात् घरको मुल ढोका हुँदै भण्डारसम्म रातो माटोको डोरो बनाएर पोत्ने चलन छ । रातो माटोलाई पबित्र मानिने भएकाले भाइ टीका वागोबद्र्धन पूजा गर्ने बेलामा पनि रातो माटोको प्रयोग गर्ने गरिन्छ । 



सप्तरङ्गी वा अबिर केसरी

बजारमा सप्तरङ्गी टिका देख्ना साथ तिहारको झल्को पाइन्छ । तिहारका हरेक दिन पूजाआराधनागर्दा अबिर केसरीको आवश्यकता पर्छ । भाइ टीकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाउने चलन छ । अष्टचिरिञ्जीवीको पूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ । लक्ष्मीपूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ । 



भाइ मसला

तिहारको पूर्वसन्ध्यामाबजारमा भाइ मसलाको विक्री अत्याधिक बढ्छ । किनकी तिहारमा भाइमसलानभइनहुने सामाग्री हो । विभिन्नमसलाहरु राखेर प्याक गरिएको भाइमसलामा नरिवल, काजु, किसमिस, सुकमेल, ल्वाङ, सुपाडी, छोकडा, दालचीनी लगायतका मिश्रीत सामाग्रीहरू हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि यस्ता सामाग्रीदिने चलन छ । नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइमसलादिने संस्कार छ ।

चामलको पीठो

तिहारमा सेलरोटी वा मिठाइका परिकार बनाउन चामलको पिठो अनिवार्य मानिन्छ । त्यो भन्दापनि लक्ष्मीपूजाका दिन चामलको पिठो आवश्यक पर्छ ।घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मकपाइलाबनाएर झिलिमिलीबत्तीबालेर लक्ष्मीको स्वागत गर्न पिठो आवश्यक पर्छ । गोवर्द्धन पूजामापनि पिठोको प्रयोग हुन्छ । 

तेल र घिउ

तिहार पाँचै दिन आवश्यकपर्ने सामाग्रीमध्ये तेल र घिउको उत्ति नै महत्त्व छ । सेलरोटी साथै मिठाइहरू बनाउन तेलको प्रयोग गरिन्छ । दियो बाल्न र भाइ टीकाको दिनदाजुभाईको कपालमा लगाउन पनि शुद्ध तोरीको तेल चाहिन्छ । 

मैनबत्ती र धूप

घर आँगनको उज्यालो बनाउन र मिठो सुगन्धकालागितिहारमा मैनबत्ती र धुपआवश्यक पर्छ । तिहारका प्रत्येक साँझ र विहान पूजाआराधनागर्दा मैनबत्ती र धूप बाल्ने गरिन्छ । 

कालो भटमास र मासको गेडा

प्रत्येक वर्ष नेपाल संवत्अनुसार कार्तिक शुक्लपक्षप्रतिपदातिथिमाम्हःपुजा गर्ने चलन छ । नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर गरिने यस पूजाका अवसरमा कालो भटमास र मासको गेडाको आवश्यकता पर्दछ । हाँस वा कुखुराको फूल सगुन चढाइ तान्त्रिक विधिबाट गरिने पूजामा अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलोको प्रयोग गरिन्छ । 

ओखर र बिमिरो

तिहारको अन्तिमदिनअर्थात भाइटिकामा अति आवश्यक पर्ने ओखर र बिमिरोको विशेष महत्त्व छ । भाइ टीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुपओखर फुटाउने प्रचलन छ । ओखरले दाजुभाइको कालको बाटो छेक्ने विश्वास गरिन्छ । भाइ टीकाकै अवसरमा दियो, कलस, गणेश साथै विमिराको पनि पूजा गर्ने चलन छ । 

दुवो र कटुस

तिहारका अन्यदिन दुवो र कटुसको खासै प्रयोग नआए पनि भाइ टीकाका दिन अनिबार्य मानिन्छ । दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वानगर्दै दूबोको टीका वामाला र कटुसको प्रयोग गर्ने चलन छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामनागर्दै दुबो लगाइदिने प्रचलन छ । 

गाईको गोबर

तिहारमा घर आँगन पबित्र बनाउनगाईको गोबरले लिपपोत गर्ने प्रचलन छ । हिन्दु संस्कार अनुसार शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्यगाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइने भएकाले गोबर आवश्यक पर्छ ।

पाला तथा दियो 

तिहारमा घर उज्यालो बनाउन पाला वा दियोको धेरै प्रयोग गरिन्छ । माटोबाट बनेको पालामा तेल राखेर कपासको बात्ती बाल्ने गरिन्छ । लक्ष्मी भित्राउनदियोको धेरै महत्त्व हुन्छ । 

  • प्रकाशित मिति : कात्तिक १६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया