logo-img

अमेरिकामा बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरू एक अर्काका कमजोरी खोतल्दै

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ह्यारिस डेमोक्र्याटिक पार्टीको तर्फबाट र ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

निर्वाचन मिति (नोभेम्बर ५) नजिकिँदै गर्दा दुवै उम्मेदवारले एकअर्काका कमजोरी खोतल्दै आरोपप्रत्यारोप लगाउने क्रम जारी छ । उनीहरूले ह्वाइट हाउसको लागि आफ्नो अति प्रतिस्पर्धात्मके दौडलाई अति प्रतिस्पर्धा हुने देखिएका पश्चिमी राज्यहरूमा केन्द्रित गरेका छन् । 

उनीहरूले आप्रवासनको सवालमा आफ्ना धारणा राख्दै नोभेम्बर ५ मा मतदान समाप्त हुनुभन्दा पाँच दिन अघि शुक्रबार ल्याटिनोहरूलाई रिझाउने प्रयास गरेका छन् । 

पश्चिमका तीनमध्ये एक राज्यमा ट्रम्पले सीमावर्ती राज्य न्यू मेक्सिकोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आप्रवासीले अमेरिकाभरि नै हिंसात्मक हत्याको अभियान चलाइरहेको बताएका छन् । 

डेमोक्र्याटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्व राष्ट्रपतिले चुनावको निर्णायक हुने अपेक्षा गरिएका सात राज्यहरूमा एक अर्कालाई लखेट्दै गर्दा, ह्यारिसले लस भेगासमा सयौँ ख्यातिप्राप्त व्यक्तिहरू सहभागी भएको चुनावी प्रदर्शनमा थप उत्साहित सन्देश दिएका छन् । 

ह्यारिसले बुधबार एक र्यालीमा अमेरिकी महिलाहरूलाई ‘संरक्षण’ गर्न चाहेको भन्दै ट्रम्पको टिप्पणीलाई लिएर उनको आलोचना गरेकी थिइन् । उनले महिलाको प्रतिकुल उक्त टिप्पणीलाई ‘सबैका लागि अपमानजनक’ भनेकी छन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया