logo-img

चैनखोला झोलुङ्गे पुल सञ्चालन, छोटियो सदरमुकाम पुग्ने दुरी

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा अवस्थित चैन खोलामा नवनिर्मित झोलुङ्गे पुलको सञ्चालनमा आएपछि स्थानीयवासिहरूलाई सहज भएको छ । पुल कुल १ सय ४७ मिटर लम्बाइ र करिब २७ मिटर उचाइ भएको झोलुङ्गे पुल शुक्रबार विधिवत रूपमा उद्घाटन गरि सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिका वडा न १,२,४,५,६,७, ८,र १० वडाका स्थानीयहरूलाई जिल्ला सदरमुकाम गमगढी बजार आवत जावत गर्नका लागि निकै  सहज तथा दुरी छोटो भएको हो ।

छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको थियो । मुगु जिल्ला कै लामो रहेको चैनखोला झोलुङ्गे पुलको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वउद्योग पर्यटन वन वातावरण मन्त्री जित बहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्तरुपमा उद्घाटन गरेका थिए भने शिला उद्घाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले गरेका थिए ।

चैन खोलामा झोलुङ्गे पुल निमार्ण भएसँगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउन जाने र चैन गाउँमा रहेको प्रसिद्ध छायाँनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न जान सहज हुनुका साथै बालबालिकालाई बजारमा रहेका निजी तथा सामुदायिक विद्यालयहरू पुग्न सहज तथा छोटो भएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

गत १०८१ साल वैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको कर्णाली ईन्फास्ट्कचर डिभलोमेन्ट् सर्भिस प्रालिले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो तर पुल निर्माण सम्पन्न हुने मिति अगावै करिब २ महिनाभित्रै पुल निर्माण भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।



चैनखोला झोलुङ्गे पुल उद्घघाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, नगर उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्लाका विभिन्न राजनीतिक दलका नेता स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

चैनखोला झोलुङ्गे पुलमा सिसी क्यामारा सडक बत्तिसँगै पुलको  दुबै भागको टुप्पाेमा राष्ट्रिय झण्डा गाडिएसँगै थप रौकन थपिएको छ ।



 

  • प्रकाशित मिति : कात्तिक १६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया