नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो ।
अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए ।
त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो । नेपालका लागि सन्दीप जोराले अर्ध शतक प्रहार गरे ।
१६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए । यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए ।अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए ।
पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।