logo-img

उपप्रमुख डंगोलको सुझाव- नेपाल संवतलाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संवतलाई सबैले चिन्नुपर्ने बताएकी छन् । शनिबार नेपाल संवत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संवतलाई ​सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन् ।

उनले भनिन्,‘नेपाल संवतको ​आफ्नै मौलिक पहिचान छ । व्यवहारिक रूपमा पनि यसको निकै महत्व छ । हामीले मनाउने  विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरू सबै हामीले नेपाल संवतकै ​आधारमा मनाउँछौँ । यस कारण पनि नेपाल संवतलाई ​हामीले प्रयोग गर्नुपर्छ । यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ ।’

साथै  उनले मनाउँदै  आइरहेको  र  व्यवहारमा लागु  गरिरहेको  नेपाल संवतलाई ​बलियो बनाउनुपर्ने बताइन् । उनले प्रशासनीय रूपमा नेपाल संवतलाई तीव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन् । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया