logo-img

रवि पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी

पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् । लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ । 

मंगलबार भएको प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्याससमेत प्रहार भएको थियो । झाले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेकाप्रति घोर भर्त्सना गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २१, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया