logo-img

काठमाडौंको भित्तामा ‘साम्बा’ [तस्बिरहरू]

मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौं महानगरपालिकाले पुनः सुचारु गरेको छ ।

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् । 

अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ । फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाइएको छ । 

यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्ताहरू चित्र कोरिने महानगरपालिकाले जनाएको छ । 

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ । चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो ।  





 

  • प्रकाशित मिति : कात्तिक २१, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया