बोबाना एम. एन्जेलकोविक लेखक र अनुसन्धानकर्ता हुन्, जसले विश्व राजनीति, बहुध्रुवीयता, र पश्चिमी सत्ता संरचनाहरूको आलोचना गर्छिन् । उनको लेख द ह्वाइट,मेड हाउसमा उनले शक्ति सन्तुलन, साम्राज्यवादी गतिविधिहरू, र विश्वव्यापी संघर्षका कारणहरू छिचोल्ने प्रयास गरेकी छन् ।
लेखमा उनी विशेष गरी पश्चिमी प्रभुत्वको प्रभावलाई खोतल्छन् । यसबाट सिर्जित सामाजिक र राजनीतिक अस्थिरताबारे आलोचनात्मक दृष्टिकोण प्रस्तुत गदै geopolitika.ru मा प्रकाशित उनको लेखलाई फरकधारका लागि मोहनप्रसाद ज्ञवालीले नेपाली अनुवाद गरेका छन् ।
पश्चिमको सामूहिक सञ्चारमाध्यम वा वैश्विकतावादीहरूको सञ्चारमाध्यमले संसारभरका विभिन्न देशहरूमा विभिन्न भाषामा एउटै मन्त्र दोहोर्याइरहेछन्, ‘यी अमेरिकी चुनावहरू संसारकै सबैभन्दा महत्त्वपूर्ण चुनावहरू हुन् र ती चुनावहरूले विश्वको भविष्यलाई डिजाइन गर्नेछन् ।’
अर्को शब्दमा, उनीहरू यी चुनावहरू संसारकै सबैभन्दा महत्त्वपूर्ण हुन् भन्ने दाबी गर्छन् । किनभने यी चुनावहरूको भूमिका तथाकथित वैश्विकतावादी एजेन्डालाई विश्वव्यापी रूपमा पुष्टि गर्न, न्यायोचित स्थापित गर्न र कायम राख्नमा महत्त्वपूर्ण छ ।
संयुक्त राज्य अमेरिकाको सन्दर्भमा :
– वर्तमान राष्ट्रपति जोसेफ बाइडेनले अझै पनि विश्वभर युद्ध भड्काउन बिर्सेका छैनन्,
– वर्तमान उप–राष्ट्रपति र राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पूर्ण रूपमा अनभिज्ञ अवस्थामा छिन् ।
– अर्का राष्ट्रपतिको उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस पटक संयोगवश एक सुपरहिरोको फिल्मी भूमिकामा छन्,जसले ठूलो निर्माण व्यवसाय चलाउँछन् । तर ऊनी र्यालीहरूमा फिल्मी शैलीको हत्या प्रयासबाट बचिरहेका छन् । ऊनी फोहोर ट्रक चलाउँछन् र एउटा फास्ट–फूड स्थानमा काम गर्छन्,जसले खाना होइन,खाना जस्तो देखिने विष बनाउँछ ।
– धेरै वर्षदेखि विभिन्न सामाजिक स्तरहरूमा र विभिन्न सामाजिक समूहहरूबीच अमेरिकाका नागरिकहरूबीच आन्तरिक युद्धहरू भइरहेका छन् ।
– आवास र स्वास्थ्यदेखि वित्तीय र ओपिओइडसम्मका थुप्रै सामाजिक संकटहरू छन् ।
– सैन्य बलमा आवश्यक संख्यामा भर्ती र सीपयुक्त कर्मचारीको कमी छ, पूर्व–सैनिकहरू बेघर र आत्मघाती स्थितिमा छन् ।
– हलिउडदेखि पप संस्कृतिसम्मको मनोरञ्जन उद्योग, जुन राजनीतिक संस्थापनसँग निकट सम्बन्धित छ, वीभत्स र भयावह गतिविधिमा संलग्न भएको आरोपले भत्किँदै छ ।
– धार्मिक स्वतन्त्रता अब मात्र धार्मिक गुटहरूलाई लागू हुन्छ ।
– अमेरिकाभरि रहेका ठूला आगलागीहरू (आवासीय र औद्योगिक क्षेत्र दुवैमा) वायु प्रदूषण, बाढी, विमान दुर्घटना, मजदुर संघको हडताल, ओभरडोजको घटना, चिकित्सा इन्जिनियरिङ्, र अस्वस्थ जलवायु एजेन्डासँगै देखा परिरहेका छन् ।
– वास्तविक संसारलाई लगातार बेवास्ता गर्ने मिडिया सर्कस ।
– इन्टरनेटको सूचना ओभरलोड, डार्क वेब र सामान्य ज्ञान विरुद्धको साइबर युद्ध ।
आदि इत्यादि ।
किन राष्ट्रपतिको यो निर्वाचनलाई सम्पूर्ण संसारका लागि महत्त्वपूर्ण, प्रभावशाली वा निर्णायक घटना मानिन्छ ? विभिन्न देशहरूमा र विभिन्न भाषाहरूमा अमेरिकी राष्ट्रपतिको सर्कसबारे निरन्तर दबाब दिनुको एउटै उद्देश्य भनेको वैश्विकतावादी मिडियाले स्थानीय एंग्लो–अमेरिकी एजेन्डालाई मात्र पछ्याउने हो, विश्वव्यापी स्तरमा । यो एजेन्डाका केही भागहरू एक उम्मेदवारको पक्षमा हुन्छन् भने अरू भागहरू अर्को उम्मेदवारको पक्षमा हुन्छन् ।
विश्वका लागि यस वैश्विक मिडियाको एक मात्र फाइदा भनेको यो हो कि यस पटक कुन प्रकारको युद्ध प्रिय नेता चयन हुनेछ भनेर थाहा पाउने हो । जुन नव–उपनिवेशवादी समूहको सदस्य हो जसले बम, मिसाइल,तख्तापलट र राज्य आतंकवाद मार्फत ‘लोकतन्त्र ल्याउने’ विदेश नीतिमा आधारित छ ।
दुबै उम्मेदवारहरूले आन्तरिक र विदेशी नीति मिडिया अभियानहरूमा आधार बनाउने छन् जसले विश्वभरि आठ सयभन्दा बढी अमेरिकी सैनिक आधार, विश्व बैंक,आइएमएफ वा खेल, संस्कृति, विज्ञान र शिक्षा जस्ता अन्य नक्कली अन्तर्राष्ट्रिय संगठनहरूको बारेमा चर्चा गर्छन् र तिनीहरूको आपसी अन्तिम लक्ष्य भनेको अन्य देशहरूको प्राकृतिक स्रोत,उद्योग र धन चोर्नु हो ।
यद्यपि अमेरिका एक राज्यको रूपमा आन्तरिक विस्फोटनलाई योजनाबद्ध प्रेस, इलेक्ट्रोनिक/इन्टरनेट मिडिया वा सामाजिक नेटवर्कहरूले पनि लुकाउन सक्दैन ।
यसले केवल उनीहरूको वास्तविक उद्देश्य र अत्यन्त विषालु र मन फुरुङ्ग पार्ने सामग्री फैलाउने नीतिलाई प्रकट गर्छ । केहीले यसलाई मनोवैज्ञानिक अपरेसन, संज्ञानात्मक युद्ध वा सूचना युद्ध भनेर पनि भनेका छन् । जुनसुकै नामले भनिएको भएता पनि यसले सबैभन्दा ठूलो क्षति भने अमेरिकाका नागरिकलाई नै पुर्याएको छ । जो वर्तमान राष्ट्रपतिको साथ हुनुमा ठीक छन् र अब उनीहरू फेरि राष्ट्रपति उम्मेदवारहरूको एक मात्र विकल्प छान्नमा ठीक छन् ।
अमेरिकी राष्ट्रपति (हरू) चुनावको बारेमा हालको उन्माद अमेरिकामै सीमित रहनु पर्छ र यी राष्ट्रपति (हरू)को चुनावहरू केवल अमेरिकी नागरिकका लागि मात्र दस्ताबेजको होस वा नहोस्, महत्त्वपूर्ण हुनुपर्छ तर अरूका लागि भने होइन । संसारले पछाडि उभिनु पर्छ र सिनेमामा जस्तै अर्को अमेरिकी थ्रिलर हेर्नु पर्छ । किनकि, अमेरिकी चुनाव सम्पन्न भएपछि, संसारले कुनै एक उम्मेदवारसँग डिल गर्नु पर्नेछ र अहिले यस विषयमा ऊर्जा बरबाद गर्नुपर्ने आवश्यकता छैन । त्यो शोबाट आफ्ना देशहरूलाई टाढा राख्नको लागि लामो प्रक्रियाका लागि तयारी गर्नु राम्रो हुन्छ । यदि कुनै देशले यो शोलाई ध्यान दिएन र कुनै तरिकाले हिँड्न छाड्यो भने राम्रो हुन्छ ।
अमेरिकी राष्ट्रपति चुनाव प्रक्रिया अब राजनीतिक रंगमंच होइन,यो सर्कसको शो पनि होइन । यो त वास्तविक र साँचो पागलखाना हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।