२६ माघ, २०८२ साेमबार
Feb. 9, 2026

ती दिन ती पात्र
चार दशक राजदरबारमा बिताउँदा तीन राजासँग उठबस गरेका चिरनशमशेर थापाले देखेको राजदरबार

ती दिन ती पात्रमा आज नारायणहिटी राजदरबारभित्र चार दशक बिताएका चिरनशमशेर थापा  । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र गरी तीन राजाहरूसँग काम गरेका थापाको अनुभव र अनुभूति कस्तो रह्यो ? 

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजमा अध्ययन गरेका पहिलो नेपाली हुन्, चिरनशमशेर थापा । तत्कालीन युवराजाधिराज वीरेन्द्र वीरविक्रम शाहसँग बेलायतमै भएको भेटघाटले निकटता बढाएपछि पढाइ सकाएर उनी २०२१ सालमा नेपाल फर्किए । 



नेपाल फर्किएपछि तत्कालीन युवराज वीरेन्द्रको निजी सचिवका रूपमा राजदरबार पसे । २०२१ पुसदेखि २०६० वैशाखसम्म नारायणहिटी राजदरबारको संवाद सचिवालयमा कार्यरत रहे । चार दशक राजदरबारमा बिताउँदा तीन राजाहरूसँग उठबस गरेका थापाले देखेको राजा र राजदरबार कस्तो हो ? 

२० देखि ६० को दशकसम्म राजदरबारभित्र के के भए ? राजदरबारभित्रको अन्तरद्वन्द्व, छिमेकी तथा शक्ति राष्ट्रहरूसँग दरबारको सम्बन्ध कस्तो रह्यो ? राजनीतिक दल र दरबारबीच टकराब किन भयो ? यी सबै घटनाका साक्षी थापासँग इतिहासको त्यो पाटोलाई केलाउने प्रयास गरिएको छ, हेर्नुहोस् यो कुराकानी : 





  • प्रकाशित मिति : २२ कात्तिक, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया