के युद्धको सम्मुखमा पुगेका हुन् अमेरिका–इरान ?

एजेन्सी– अमेरिकाले इरानलाई एउटा स्पष्ट सन्देश दिनका लागि मध्यपूर्वमा आफ्नो एउटा सैन्य टुकडी राखिरहेको छ । 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनको प्रशासनलाई यो निर्णय लिनु अत्यन्त समस्याको कुरा भएको तर उनीहरुले यो निर्णय लिएरै छाडेको बताएका छन् । 

अमेरिकी अधिकारीहरुले इरानमा रहेको अमेरिकी सुरक्षाबलको ब्यारकेमा आक्रमण भएको आशङ्कामा यो निर्णय लिइएको हुनसक्ने बताएका छन् । त्यसो त जोन बोल्टनले पनि आफूले जुनसुकै घटनाको जवाफ आक्रामक तरिकाले दिने बताएका छन् । उनले एउटा विज्ञप्तिमा भनेका थिए, ‘हामीले इरानी नेतृत्वलाई एउटा स्पष्ट जवाफ दिनका लागि यो सन्देश पठाएका छौँ कि यदि हामी अथवा हाम्रा सहयोगी माथि कसैले पनि आक्रमण गरेमा हामीले गतिलो जवाफ दिने छौँ ।’

बोल्टनले अहिले तत्काल अमेरिकाले इरानसँग कुनै युद्ध नचाहेको तर उनीहरुले जसलाई पनि जवाफ दिन पछाडि नपर्ने पनि बताएका छन् । त्यसो त यसअघि नै अमेरिकाले इरानी सेनालाई आतंकवादी संगठनको सूचीमा राखिसकेको छ । 

योभन्दा पहिले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले युरोप भ्रमणमा भनेका थिए, ‘इरानले हामीमाथि उक्साउने प्रयास गरिरहेको छ र हामी केही भएमा उनीहरुलाई नै जिम्मेवार मान्ने छौँ ।’

अर्कोतिर अमेरिकाले आफ्ना सहयोगी देशहरुलाई पनि इरानबाट तेल खरिद नगर्न अनुरोध गरिसकेको छ । तर, अमेरिकी यो निर्णय कारण आफ्नो अर्थतन्त्रमा कुनै पनि प्रभाव पर्न नदिने इरानले बताएको छ । अमेरिकाले गत वर्षमात्र इरानलगायतका ६ देशसँग भएको परमाणु सन्धीबाट आफूलाई बाहिर निकालेको थियो ।



अहिले अमेरिकाले इरानमाथि कयौँ प्रतिबन्ध लगाएको छ र यसलाई गैरकानुनी भन्दै इरानले बारम्बार आलोचना गरिरहेको छ । उता, सिरियामा भएका गतिविधिबारे पनि इरानको भूमिका रहेको अमेरिकाको निष्कर्ष छ । 

त्यसैले अमेरिका र इरान अहिले एकअर्कासँग युद्धको अवस्थामा नै रहेको र यो अझ गम्भीर हुनसक्ने विश्लेषण गरिएको छ ।



  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार ९:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया