काठमाडौंको हात्तीसारस्थित हब इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले नेपालमै पहिलोपटक शैक्षिक मेला ‘आइरिस एजुकेसन फेयर–२०२४’ को आयोजना गर्दै छ । विगत दुई दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हब इन्टरनेशनल एजुकेशनले स्थापनाकालदेखि नै आयरल्यान्डलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको हो ।
विदेशबाट उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सही गन्तव्य छनोट गर्न मद्दत मिलोस् भन्ने उद्देश्यले हबले शैक्षिक मेलाको आयोजना गर्न लागेको हो । आयरल्यान्डमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको पहिलो रोजाइको शैक्षिक परामर्श संस्था पनि हो– हब इन्टरनेशनल एजुकेसन । विश्वासिलो, भरपर्दो र अनुभवी कन्सल्टेन्सीको छवि बनाएको हब आयरल्यान्डमा अध्ययन गर्न चाहनेका लागि आधिकारिक शैक्षिक परामर्श संस्था पनि हो ।
हबले आयरल्यान्डको प्रायः सबैजसो विश्वविद्यालय तथा शैक्षिक संस्थामा नेपाली विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । आयरल्यान्डका प्रतिष्ठित शैक्षिक संस्था–ट्रिनिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज कर्क, युनिभर्सिटी अफ गल्वे, नेशनल कलेज अफ आयरल्यान्ड, टेक्नोलोजिकल युनिभर्सिटी अफ श्यानन, डब्लिन बिजनेस स्कुल, ग्रिफिथ कलेज लगायत २० भन्दा बढी शिक्षण संस्थामा हबले नेपाली विद्यार्थीलाई सन् २००६ देखि नै अध्ययनको व्यवस्था मिलाउँदै आएको छ ।
हबले स्थापनाकालदेखि हालसम्म १ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अध्ययनका लागि आयरल्यान्ड पठाइसकेको छ । हबमार्फत त्यहाँ गएर अध्ययन गरेका विद्यार्थीले नेपाल फर्किएर विभिन्न क्षेत्रमा अब्बल जनशक्तिका रूपमा काम गर्दै आइरहेका छन् । आयरल्यान्डलाई नै कर्मथलो बनाएकाले पनि त्यहाँका प्रतिष्ठित कम्पनीमा काम गरिरहेको हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धवबहादुर खड्का बताउँछन् ।
उनका अनुसार आयरल्यान्ड नेपाली विद्यार्थीको लागि मात्र नभएर अन्तर्राष्ट्रिय विद्यार्थीकै लागि पनि सबैभन्दा राम्रो गन्तव्य हो । आयरल्यान्डमा अंग्रेजी बोलिने भएका कारण त्यहाँ भाषाको समस्या हुँदैन । त्यस्तै, अन्य अंग्रेजी भाषा चल्ने देशको तुलनामा आयरल्यान्डको शैक्षिक शुल्क थोरै भएका कारण पनि मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि भएका विद्यार्थी त्यहाँ अध्ययन गर्न रुचाउँछन् ।
अध्ययन सकिएपछि त्यहाँको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई वर्ष काम गर्ने अवसर पनि दिने गर्छ । जसले गर्दा त्यहाँ काम गरेको अनुभवसँगै विद्यार्थीले आफूलाई त्यहाँको रहनसहन, धर्म संस्कृतिलगायत विषयमा घुलमिल गराउन सक्छन् । यसले स्थायीरूपमै आयरल्यान्डमै बस्ने योजना बनाएका विद्यार्थीलाई सहज वातावरण सिर्जना हुन्छ ।
आयरल्यान्ड संसारको व्यापारिक केन्द्र पनि हो । यसलाई ‘सिलिकन भ्याली अफ युरोप’ भनेर पनि चिनिन्छ । फाइनान्सिएल हब अफ युरोपको परिचय पनि बोकेको छ– आयरल्यान्डले । विश्वका प्रतिष्ठित अधिकांश कम्पनीको मुख्य कार्यालय पनि आयरल्यान्डमा रहेका छन् ।
आयरल्यान्डमा भारत, चीन, अमेरिका, जापानलगायत विभिन्न विकसित मुलुकबाट समेत विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् । तर, नेपाली विद्यार्थी र यहाँका शैक्षिक परामर्श क्षेत्रले त्यहाँको महत्वलाई ध्यान दिन नसकेका कारण जति नेपाली विद्यार्थी आकर्षित हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
राम्रो भएर पनि लुकेको शैक्षिक गन्तव्यलाई उजागर गर्ने उद्देश्यले हब इन्टरनेशनल एजुकेशनले शैक्षिक मेलाको आयोजना गर्न लागेको हो । हबले आयरल्यान्डलाई नेपाली विद्यार्थीको वैकल्पिक शैक्षिक गन्तव्यका रूपमा लिन सकिने जनाएको छ ।
एजुकेसन इन आयरल्यान्डको समर्थनमा हबले आयोजना गरेको शैक्षिक मेला यही २९ कात्तिक अर्थात् १४ नोभेम्बरमा हुँदै छ । उक्त दिन बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म कार्यक्रम हुने हबले जनाएको छ । उक्त शैक्षिक मेला हबको केन्द्रीय कार्यालय हात्तीसार (लक्ष्मी सनराइज बैंकको ठीक अगाडि) मा आयोजना गरिने छ ।
यस शैक्षिक मेलामा सहभागी विद्यार्थीले आयरल्यान्डका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्राप्त गर्ने छन् । यस्तै, विद्यार्थीले प्रतिनिधिहरूसँग भेटेर आयरल्यान्डको शैक्षिक प्रणाली, त्यहाँको शैक्षिक वातावरण, अध्ययनपछिका अवसर तथा चुनौतीका विषयमा वान टु वान वार्ता तथा छलफल गर्ने अवसर प्राप्त गर्ने हबले जनाएको छ । शैक्षिक मेलामा सहभागी हुन कुनै शुल्क नलाग्ने भएका कारण इच्छुक विद्यार्थी, अभिभावकलगायत सम्पूर्णमा उक्त अवसरको उपयोग गर्न हबले अनुरोध गरेको छ ।
शैक्षिक मेलामा सहभागी विद्यार्थीले कार्यक्रम, भर्ना, प्रक्रिया, शुल्क र अध्ययनपछिका अवसरका बारेमा जान्न सक्ने हबले जनाएको छ । उक्त शैक्षिक मेलामा सहभागी विद्यार्थीले ट्रिनिटी कलेज डब्लिनका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न पाउने छन् । यो शैक्षिक संस्था आयरल्यान्डको पहिलो र विश्व वरीयतामा ८७औँ उत्कृष्ट शिक्षण संस्था हो ।
यसैगरी आयरल्यान्डको दोस्रो उत्कृष्ट र विश्व वरीयतामा १२६औँ स्थानमा रहेको युनिभर्सिटी कलेज डब्लिनका प्रतिनिधिबाट पनि विद्यार्थीले आफूलाई लागेका जिज्ञासा पूरा गर्न सक्ने छन् ।
त्यस्तै, ‘युनिभर्सिटी कलेज कोर्क’ जुन आयरल्यान्डको उत्कृष्ट तेस्रो र विश्व वरीयतामा २७३औँ स्थानमा छ । यसैगरी युनिभर्सिटी अफ गल्वे आयरल्यान्डमा चौथो स्थानमा छ, ‘नेशनल कलेज अफ आयरल्यान्ड’ आयरल्यान्डमा १७औँ उत्कृष्ट शैक्षिक संस्था हो । यस्तै, टेक्नोलोजीकल युनिभर्सिटी अफ श्यानन, डब्लिन बिजनेस स्कुल, ग्रिफिथ कलेज, मेनूथ युनिभर्सिटी, डब्लिन सिटी युनिभर्सिटीलगायत उत्कृष्ट शैक्षिक संस्थाका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटघाट तथा कुराकानी गरेर आफ्नो भविष्यका लागि उत्तम शैक्षिक कोर्स तथा कार्यक्रम छनोट गर्न मद्दत लिन सक्नेछन् ।
हबको यो शैक्षिक मेलाको आइएलटिएस पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको छ । यस्तै, एजुकेसन इन आयरल्यान्डको पनि साथ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।