सरकारले राम्रो काम गरे पनि विरोध हुन्छ : प्रचण्ड

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो काम गरे पनि विरोध भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।  

उनले भने, ‘सत्तापक्षले राम्रो काम गरे पनि विरोध हुन्छ । प्रतिपक्षले राम्रो सुझाव दिए पनि सत्तापक्षले नराम्रो मान्ने प्रचलन छ ।  यसले समाजलाई कता लगेको छ ?' 

उनले सहमति सहकार्यबाट नै राजनीति परिवर्तन गर्ने व्यवस्था ल्याएको बताए ।  सत्य निरुपण र वेपत्तासँग सम्बन्धीत कायलाई पूर्णता दिएर दिगो शान्तिलाई स्थापना गर्न अन्तिम गृहकार्यमा लागेको बताए । उनले भने, ‘ यो विषयमा सत्ता पक्ष र विपक्षमा कुरा भइरहेको छ ।'

उनले सबै काम सकिएको र परम्परागत संसद्मा छलफल र बहस गर्नुपर्ने काम रहेको बताए ।  सहमति, सहकार्य र एकताको भावलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । 

प्रचण्डले संघीय प्रणालीबाट जनताले जति अपेक्षा गरेका छन् ति सबैको पूरा नभएकोले अब गर्नुपर्ने बताए ।   प्रचण्डले  सरकारले एक वर्षमा समृद्धि र सुखी नेपालीको लागि प्रयत्न गरेको भन्दै धन्यवाद दिए ।

उनले भने, ‘सरकारले एक वर्षभित्रमा गरेको काम अनुकूल छ । सरकारलाई के सत्ता पक्ष के विपक्षी, सबैले धन्यवाद दिनुपर्छ ।' 






  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार ११:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया