जनप्रतिनिधिलाई विकासको सपना देख्न प्रचण्डको आग्रह

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनप्रतिनिधिले विकासको सपना देख्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।   

उनले भने, ‘हामी सबै जनप्रतिनिधिले विकासको सपना देख्न थाल्नुपर्दछ । र, त्यसलाई व्यवहारमा प्रयोग गर्नुपर्छ ।  

रेलको कुरा जोड्दै प्रचण्डले रेलको कुरा धेरै वर्षदेखि हुँदै आएको बताए । उनले अब नेपालमा रेल सम्बन्धीका अन्तिम चरणमा पुगेको पनि बताए । 

उनले भने, ‘रेलको कुरा धेरै वर्षेदेखि हुँदै आएको छ । अब सामान्य परिकल्पना र सपनाको रुपमा रहेको छैन । यथार्थ बनेर हामीकहाँ आउँदै छ ।’ 

उनले विकासको कुरा गर्दा कतिपय मानिसहरूले असम्भव कुरा गरेको आरोपकोखण्डन गर्दे प्रचण्डले भने, ‘विकासको कुरा गर्दा असम्भव गरे जस्तो लाग्न सक्दछ ।

हामीले मात्रात्मक कुरा गर्यौं भने समृद्ध नेपाल बन्न सक्दैन । जनताका अगाडि निर्धारित लक्ष्य राखेर त्यो पूरा गर्न अग्रसर हुनुपर्छ ।’ प्रचण्डले विकासलाई सम्भव बनाउने अभियान थाल्नुपर्ने बताए । उनले ठूला लक्ष्य निर्धारण गर्नु पर्ने पनि बताए । 



प्रचण्डले भने, ‘लक्ष्यहरू पूरा गर्न हिजोको जस्तै त्याग, तपस्या र बलिदान नेतृत्वले, जनप्रतिनिधिले नगर्ने हो भने खतराको घण्टी बज्छ । विकासलाई सम्भव बनाउने कामको अभियान थाल्नुपर्छ । हामीसँग राजनीतिक आधार, अनुभव, अन्तर्राष्ट्रिय अनुभवबाट पनि हामले गर्नुपर्छ । हामीले लक्ष्य निर्धारण गर्दा ठूला लक्ष्य निर्धारण गर्नुपर्छ । त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।'

सत्ता पक्षले प्रतिपक्षले गरेको सकारात्मक आलोचनालाई अनुसरण गरेर अगाडि बढ्नुपर्ने बताए ।



उनले भने, नीति तथा कार्यक्रममा प्रतिपक्षले आलोचना गर्यो । तर सत्तापक्षले प्रतिपक्षले गरेका सकारात्म आलोचनालाई अनुसरण गर्नुपर्छ । नकारात्म आलोचनालाई छोड्नुपर्छ ।’ 


  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार १२:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया