‘सरकारले काम नगरे खतराको घण्टी बज्छ’

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले काम नगरे खतराको घण्टी बज्ने बताएका छन् ।

सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफल कार्यक्रममा मंगलबार प्रतिनिधिसभामा बोल्दै प्रचण्डले हिजो सबैले हिजो जस्तै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला गर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘जनतामा अहिले पनि सरकारसँग आशा छ। उनीहरु बढो भरोसाका साथ हामीतिर हेरिरहेका छन् । अब हामीले हिजोको जस्तै त्याग र बलिदानका साथ काम नगर्ने हो भने खतराको घण्टी बज्छ।’

संसद्मा प्रचण्डले अधिकांश समय सरकारको प्रशंसा गर्न मै विताए । 





  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार १२:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया