साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तरत घटिरहेको नेप्से आज भने बढेको हो ।
आज नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८.०६ विन्दुमा पुग्यो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंकले बढेको छ ।
आज कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । यस दिन उल्लेखनीय कारोबार भएको हो ।
अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस दिन ९ अर्ब ७७ करोडको कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।