logo-img

पूर्वमन्त्री अधिकारीलाई दुईदिन हिरासतमा राख्‍न अदालतको अनुमति

कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

पैसा असुलेर युवालाई जापान पुर्याउने प्रयास गरेर मानव तस्करी गरेको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।  

अधिकारीलाई आइतबार पक्राउ गरेर विराटनगरबाट आज दिउँसो काठमाडौं ल्याइएको थियो । जापान प्रकरणमा मुछिएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई नेकपा एमालेले निलम्बन गरिसकेको छ ।  





  • प्रकाशित मिति : कात्तिक २५, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया