सरकारले सोमबार दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा विजुली जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो ।
यसैगरी डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुल नतिरेका उद्योगीहरूसँग १५ दिनभित्रको टीओडी मिटर बमोजिम वक्यौता असुल गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा गिरिशचन्द्र लाल नेतृत्वको आयोग सार्वजनिक गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।
यसअघि पनि पटक पटक बक्यौता रकम माग गर्दै विद्युत लाइन काटेको प्राधिकरणले गत २४ असोजमा एक सार्वजनिक सूचना जारी गर्दै ८ कात्तिकभित्र बक्यौता नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको थियो ।
उक्त अवधिमा पनि उद्योगीले बक्यौता नतिरेपछि प्राधिकरणले ८ कात्तिकको राति बक्यौता नतिर्ने ३४ वटा उद्योगको लाइन काटेको थियो । लाइन काटेपछि फेरि सरकार र कुलमानबीचको द्वन्द्व सुरू भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।