एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहक गरेको छ ।
ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने जनाउँदै बैंकले प्यान अद्यावधिक गर्न आग्रह गरेको हो ।
बैंकको पोर्टल, एप अथवा नजिकको बैंकबाट पनि अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई इ-टिडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक पर्ने बैंकले जनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।